कविता : “शौक्षिक पिडा” – निलु भट्टराई

कविता : “शौक्षिक पिडा” – निलु भट्टराई

निकै दिनदेखी नियाली रहेछु
ऊ प्रतेक दिन
लम्किरहन्छ सडकमा
निकै हतारमा देखिन्छ
सायद,
कतै जागिरे भएको छ
तर
जागिरको समय भन्दा
ऊ विहान सबेरै निस्कन्छ
र राति निकै ढिलो फर्कन्छ
मेरो कौतुहलता अघि बढेर
परिचयकाे हात बढाउछ
र प्रश्न गर्छ
हजुर जागिरे हाे?
ऊ निरूतरीत उभिरहन्छ
र फेरी अघि बढ्न खाेज्छ
म पून प्रश्नमाे बार हाल्छु
ऊ रसाएका आखाहरुले
एक पटक मेरो अनुहार निहाल्छ
र एउटा फायल राखिदिन्छ अातमा
पल्टाउछु
शैक्षिक याेग्यताकाे प्रमाण पत्र
ऊ स्नातकोत्तर गरेको
शीक्षित बेरोजगार रहेछ
मैले सहानुभूति दर्शाउदै भने
अाखिर के गर्नु हुन्छ ?
उसले भन्याे,
म मुद्राको विकल्प खाेज्दै छु
मुद्राले मान्छेलाई स्वार्थी बनाउदो रहेछ
मुद्राले मान्छेलाई सागुराे बनाउदाे रहेछ
अामाले स्तनपानकाे बदला
र बाबुले लगानीको प्रतिफल
खाेज्दा रहेछन्
उसले विनम्रतापूवक
अाग्रह गर्दै भन्याे
मैले मद्राकाे बिकल्प नभेटुन्जेल
कृपया
सन्तान नजन्माउनु हाेला
शिक्षा व्यवहारी बन्न सकेन भने
प्रमाण प्रत्रले सार्है पाेल्दाे रहेछ
शिक्षा व्यवहारिक बन्न सकेन भने
प्रमाण प्रत्रले सार्है पाेल्दाे रहेछ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्