भारतमा बाख्रालाई बलात्कार गर्ने ८ जना विरुद्ध प्रहरीमा उजुरी

भारतमा बाख्रालाई बलात्कार गर्ने ८ जना विरुद्ध प्रहरीमा उजुरी

भारतको हिरयाणा राज्यस्थित मेवाट जिल्लाको मरोडामा प्रहरीले ८ जना विरुद्ध बाख्रालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरेको छ । गर्भवति रहेको सात वर्षको उक्त बाख्राको दर्व्यवहारका कारण मृत्यु भएको छ ।

प्रहरीले आरोपीहरुसबै उक्त गाउँका बासिन्दा रहेको र उनीहरु पुराना बदमासहरु रहेको बताएको छ । बाख्रालाई बलात्कार गर्दै गरेको अवस्थमा गाउँलेले तीनजनालाई समातेर कुटपिट गरी छोडिदिएका थिए ।

प्रहरीले गैर प्राकृतिक यौनसम्बन्ध राखेको र जनावर माथि हिंसा गरेको आधारमा बाख्रा धनीले दिएको उजुरी दर्ता गरेको हो । प्रहरीले घटनाको अनुशन्धान भइरहेको र घटनाबारे यथेष्ठ प्रमाण जुटेपछि मात्रै आरोपीहरुलाई पक्राउ गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्