सडकको खाल्डोका कारण छोरा गुमाएका बाबुले सहरका सबै खाल्डो पुरे !

सडकको खाल्डोका कारण छोरा गुमाएका बाबुले सहरका सबै खाल्डो पुरे !

एजेन्सी ।

छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएको ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरको सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् ।

सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा प्रकाशको ज्यान गएको थियो । सडकमा भएका खाल्डाखुल्डीका कारण मोटरसाइकल दुर्घटना हुँदा प्रकाशको मृत्यु भयो । खाल्डोमा परी मोटसाइकल चिप्लिएर दुर्घटना भएको थियो । सोही घटनाबाट प्रेरित भएर बाबु दादाओरेले यो खाल्डा पुर्ने अभियान थालेको बताइन्छ ।

दादाराओले आजीवन खाल्डा पुर्दै जाने बताएका छन् । देशैभरिका सडकमा भएका खाल्डा नपुरिएसम्म उनी यो कामलाई निरन्तरता दिन चाहन्छन् ।

आफ्नो छोराले जस्तो अरु कसैले भोग्नु नपरोस् भन्ने उनको कामना छ । आइतबारसम्म उनले मुम्बईका विभिन्न सडकहरुमा भएका ५ सय ५६ खाल्डा पुरिसकेको जनाएका छन् ।

भारतको जनसंख्या धेरै भएको बताउँदै केवल एक लाख जनाले मात्रै सडकका एकएक खाल्डा पुर्न सुरु गर्ने हो भने देशमा एउटा पनि खाल्डो बाँकी नरहने उनको भनाइ छ । यो वर्ष मात्रै वर्षा सुरु भएसँगै मुम्बईमा मात्रै सडकमा रहेका खाल्डाका कारण ६ जनाले ज्यान गुमाइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केही दिनअघि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले सडकमा रहेका खाल्डा जतिसक्दो छिटो पुर्न आग्रह गर्दै राज्य सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्