आरक्षण (कविता) – निलु भटराई

आरक्षण (कविता) – निलु भटराई

कसैले सम्मानको हिस्सा भनून्
कसैले समानताको स्वरूप भनून्
कसैले विशेष सुविधा भनून्
या अरूहरू जे सुकै भनून्
भो मलाई आरक्षण चाहिदैन।।2

मेरो बुबाको काख पुरै मेरो हो
मेरी आमाको साथ पुरै मेरो हो
मेरो पहिलो गुरु मेरी आमाले
मलाई कहिल्यै प्रतिशत छुट्याएर
स्तन पान गराउनु भएन
छाती भरिको सम्पूर्ण माया दिएर
मेरो लागी कहिल्यै आरक्षण को
कोटा छुट्याउनु भएन

सु संस्कार र सभ्यताको
उच्च धरातलमा उभिएर
सुनौलो भविष्यको
हस्तरेखा कोर्ने सामर्थ्य आफैसँग छ
भो मलाई आरक्षण चाहिदैन

भो मलाई आरक्षण चहिदैन
पासागंका पाइलाई आरक्षण चाहिदैन
पारिजातका कलमलाई आरक्षण चाहिदैन
आरक्षणको एक मुठ्ठी भिक दिएर
दानवीर बन्न खोज्नेहरू हो
भन , महिलाहरूको खाली सिउदोमा
तिमीहरू लाई कति प्रतिशत आरक्षण चाहिन्छ।।2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्