घटना क्रम मृत बच्चालाई छातीमा च्यापेर लगातार १७ दिनसम्म तैरिरह्यो ह्वेल

घटना क्रम मृत बच्चालाई छातीमा च्यापेर लगातार १७ दिनसम्म तैरिरह्यो ह्वेल

बीबीसी । एक किलर ह्वेलले आफ्नो मृत नवजातलाई १७ दिनसम्म छातीमा च्यापेर छोडेको छ । यस दौरान ह्वेलले मृत बच्चालाई आफूसँगै राखेर एक हजार माईलसम्मको दूरी तय गरेको छ ।  क्यानडाको वैंकुवर द्वीपमा ह्वेलसँग सम्बन्धित एक अध्ययन केन्द्र छ ।
सोही अध्ययन केन्द्रबाट यसको निगरानी भइरहेको थियो । आफ्नो बच्चाको मृत्युपछि दुःखले उक्त ह्वेल यतिसम्म आहत थियो कि कयौं कुराहरु व्यवहारमा पहिलो पटक हेर्न पाइएको छ ।

दुःखमा आफ्ना बच्चाहरुको मृत शरीरलाई ह्वेल सामान्य रूपमा एक हप्तासम्म आफूसँगै राख्छन् । यो ह्वेल आमाका बारेमा वैज्ञानिकहरुले सबै रेकर्ड तोडेको प्रतिक्रिया दिएका छन् ।  यो ह्वेल मानिसहरुसँग कुरा गर्न सक्छ । जसलाई जे–३५ का नामले चिनिन्छ । जे–३५ ले पछिल्ला दिनहरुमा विश्वभरीको ध्यान आफूतर्फ केन्द्रीत गरेको छ । समुद्री तटबाट लिइएको ‘टेलिफोटो डिजिटल इमेज’ बाट आमाको स्वास्थ्य ठिक रहेको पत्ता लागेको छ ।

यो ह्वेल जुलाई २४ मा आफ्नो मृत बच्चालाई छातीमा टाँसेको अवस्थामा पहिलोपटक देखा परेको थियो । यही दौरान उसको बच्चा केही दिन अगावै मरिसकेको अड्कल गरिँदै आइएको छ । अहिलेसम्म बच्चाको मृत्युको कारण पत्ता लाग्न सकेको भने छैन ।  क्यानडा र अमेरिकामा किलर ह्वेललाई लोपोन्मुख प्राणीको श्रेणीमा राखिएको छ ।  हालैका वर्षहरुमा यिनीहरुको संख्यामा नाटकीय रूपमा घटेको पाइएको छ ।
बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्