स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब

स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ ।

स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो । गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् ।

‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ । तर, यति छोटो अवधिमै बार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रुपमा लिएका छौँ,’ सीइओ खुञ्जेलीले भनिन्, ‘अब हामी गर्वका साथ बिलिनियर क्लवमा प्रवेश गरेका छौँ । वास्तवमा २०७५ साल बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैँया रिजर्भमा लगेर राखेका छौँ । योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।’

मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको छ । २ लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्