कविता : हत्या – शोभा बजगाईं

कविता : हत्या – शोभा बजगाईं

आफ्नै हत्याको प्रमाण
आफैभित्र बोकेर
कठघरामा उभिएकी छु ।

हत्याराले सजाय पाओस या नपाओस
त्यसले मलाइ कुनै फरक पार्दैन ।

फरक त त्यस कुराले पार्छ
जब, मेरो स्वतन्त्र अस्तित्वमा
पटक पटक प्रहार हुन्छ ।
न्यायलयमा उभ्याइन्छ ।
नंग्याइन्छ ।
अन्त्यत,
कथित पति नामको
गह्रौ किस्सा जिन्दगीका
पाइला पाइलामा बोकाइन्छ ।

मेरो गर्भाशय पति जान्दैन
प्रेमी जान्दैन
बाबू,दाजु र गुरु नि जान्दैन ।
नजान्दाको परिणती मैले मात्र भोग्नु पर्ने?
तिम्ले किन भोग्नु पर्दैन ?

पिडाको चरम उत्कर्समा
सडकको किनारमा
भविस्य ओछ्याउदै.....
आउने जाने बटुवासग
न्यायको एक एक टुक्रा
भिख माग्दै छु ।

हो,म गर्वसाथ भन्छु
मेरो गर्भमा बच्चा छ ।
तर बच्चाको बाउ छैन ।

अब भन्नुस्
मैले मेरो बच्चा
नितान्त मेरो भन्न पाउने
कि नपाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्