विराटनगर, २ भदाै । मानवीय नाता र प्रविधीको विकासले विराटनगरमा टुटेको एक परिवारलाई पूर्णता दिलाएको छ । सन्दर्भ २२ वर्ष पहिले बेपत्ता भएका बालक यतिवेला छोरी र श्रीमतिसंगै घर फर्किएका छन् । घटना हो विराटनगर पोखरिया १ स्थित श्रीनगर टोलको ।
परोपकारघाट नजिक रहेको बस्तीबाट २२ वर्षअघि सुबोध विश्वकर्मा बेपत्ता भए । ८ वर्षको उमेरमा एकाएक सुबोध हराएँंगै परिवार तथा छरछिमेकले नेपालको विभिन्न ठाउँंगै भारतको पञ्जाव, राजस्थान, दिल्लीमा खोजी गर्यो । तर हात लाग्यो शुन्य । यद्धपि छिमेकी सुनिता घिमिरेको सहयोगमा सुबोध र विश्वकर्मा परिवारबिच पूर्नमिलन संभव भएको छ । २२ वर्षअघि हराएका सुबोधबारे धेरै जानकार थिइनन् सुनिता ।तर संयोग भारतको बाबाधामस्थित बासुकीनाथ जानेक्रममा सुबोधसंग भेट भयो । त्यसपछि बासुकीनाथ मन्दिरमा उनले सुबोधको परिवार भेटाउन हर सम्भव प्रयास गर्ने सोचिन् ।सुबोधँंग बासुकीनाथमा भएको भेटको सन्र्दभमा सुनिता भन्छिन्, साउन १७ गते बासुकीनाथ जाने क्रममा सडकमा एउटा ट्याम्पो आयो र भन्यो, “कहा जाना है आपको”?
सुनितले कुरा राखेपछि, दुवैबिच मन्दिरसम्मको यात्राका क्रममा गफगाफ भयो । सुनिताले नेपालबाट आएको भन्नासाथ सुबोधले पनि कनिकुथी नेपालबारे जानकार बताए । सुनितामा उनको विषयमा जान्ने कौतुहुलतासंगै सुबोधले आफु धेरै वर्षअघि भारत आएको र घरबारे केही थाहा नभएको स्पस्ट पारे ।
सुनिताले भनिन्, “उसलाई घर सम्झाउन धेरै खोलाबारे सुनाइम् तर पत्तो लागेन । पछि उसले आफै सिंगिया खोला, खोला छेउको मन्दिर र बाँदरको कुरा गरेपछि, म झन् हौसिए । जुन मेरो घर नजिक रहेको छ”।
तत्कालै उनीले सुबोधको नम्बर, वाट्सयाप, फेसबुक आइडीसहित धार्मिक यात्राबाट फर्किन । घरपुगेसँगै उनले आफन्तलाई यस विषयको जानकारी गराउदै आफै घरनजिकै श्रीनगर टोलमा हराएको बालकबारे कुरा बुझ्न निस्किन ।
घिमिरे सम्झदै भन्छिन्, “२०५३ सालमा पहिलोपटक बाबाधाम गएकी थिए जुनबेला बालक हराएको थियो र दोश्रोपटक अहिले जादा हराएका बालक फेला परे । भगवानको देन र संयोग निक्कै राम्रो रहयो”। पहिलोपटक सुबोधले आमा सँग वाट्सआपमा कुरा गरे । त्यो क्षण निकै भावुक थियो, सुनिता सम्झिन्छन् । दुवैबिच लामो समय कुरा हुन सकेन । भिडियो हेराहेर मात्र भयो । सुबोधले आमा चिनिहाले । तर २२ वर्षको अन्तरालले वाक्य फुट्न सकेन ।
एकैपटक आमा बुचुनीदेविले भनिन्, “बाबु कहा हरायौ ? घर फर्क हामी तिमीलाई धेरै याद गरिरहेकाछौ”। बुचुनीदेविका अनुसार यसअघि करिब डेढवर्ष एक व्यक्ति छोरा हुँ भन्दै आएर बसेको थियो । भारतबाट आएको त्यो व्यक्तिले विवाहसमेत गराएको थियो। पछि, उ छोरा होइन भन्ने थाहा भएपछि, ती व्यक्ति फेरि भारत भागेको उनको भनाइ छ ।
भाद्र १ गते सीमावर्ती क्षेत्र जोगबनीमा विश्वकर्मा परिवार र सुबोधको भेट भयो । रेल्वे स्टेशनमा केही समय त खुशीको रुवावासी नै चल्यो । त्यसपछि, घर फर्कदा सुवोध हर्षित भए । घर आएपछि, फेरि भारत फर्कनेकी भन्ने कुरामा उनले अब घरमै बस्ने र यतै काम गर्ने बताए । उनले भने, विदेशी भूमिमा जति दुख पाउनु थियो पाए, अब यतै आमा दाजुसँग काम गरेर बस्छु ।
सुबोधसंगै २ वर्षकी छोरी र श्रीमति पुजा पनि छिन् । भाइ घर फर्किएको खुशी दाजु मनोज विकलाई पनि औधी छ । उनी भन्छन, “धेरै दुख पायो भाइले अब घर फर्किएको छ । खुशी लागेको छ”।२०५३ सालमा काका लालबहादुर विश्वकर्माको हप्की र कुटाइ खाइन्छ भन्ने डरले सुबोध बेपत्ता भएका थिए । कारण सानो सुनको टुक्रा । विश्वकर्मा परिवार विराटनगरकै सुन पसलमा कालिगढका रुपमा काम गर्थे ।
लालबहादुरले सुन जडानका लागि पथ्थर मगाए सुबोधसँग । पथ्थर मगाउने क्रममा सुबोधले सुन टुक्रा पनि लुकाएका थिए । सो कुरा काकाले. थाहा पाएको भन्दै साथीहरुले सुबोधलाई सुनाएपछि, सुबोध बजार बजारै भागेका थिए । यसक्रममा सुबोधलाई एउटा कारमा लिएर भारतको विहार प्रान्तस्थित नलन्दा जिल्लाको राजधानी विहारसरिफ पुराएको याद रहेछ । उनले भने, घरको काम गराउने, कुट्ने गथ्र्याे । सधै भन्थ्यो मेरै घरमा काम गर्नुपर्छ । तिम्रो जाने बाटो छैन ।
सुबोधले त्यहा दुइ चार वर्ष काम गरे । त्यसपछि, तिनै व्यक्तिले सुबोधलाई उसको चिकिस्तक भाइको निवास झारखण्डको जमशेदपुर पुराए । त्यहापनि सुबोधले घरकै काम गरे । पढ्न नपाएको गुनासोसँगै कुटाइ दैनिकी बन्यो सुबोधका लागि । त्यहाबाट भागेर सुबोध गुजरात, मुम्बइ र अन्तिममा बाबाधाम आएका हुन् । यसबिच उनले जानेको काम गाडी चलाउने रहेको थियो । सोही काममा उनी यतिका वर्ष तल्लिन रहेका थिए । अभय राई/देश सन्चार