गरिखानेको कथा : उदयको उर्लाबारीमा च्याउ उद्योग , लाखौ आम्दानी

गरिखानेको कथा : उदयको उर्लाबारीमा च्याउ उद्योग , लाखौ आम्दानी

उर्लाबारी । सिप र लगनशिलता भए रोजगारका लागि बिदेश जानु पर्दैन भन्ने उदारहण दिएका छन मोरङको उर्लाबारी ३ मंगलबारेका उदय चन्द्र श्रेष्ठले । २०६१ सालमा ५ हजरको लगानीमा घरको एउटा कोठाबाट सुरु गरेको बिनय च्याउ उद्योगले यतिबेला ५० जनालाई रोजगारी दिलाउन सफल भएको छ ।

मोरङ उर्लाबारी नगरपालिका ३ मा रहेको च्याउ उद्योगले कृषिमा योग्दान गरेको भन्दै राष्ट्रपति पुरस्कार समेत पाइसकेको छ । “बिनय च्याउ उद्योगले कन्ने कालो च्याउ, कन्ने सेतो च्याउ र मिल्की च्याउहरु उत्पादन गदै आएको छ भने उत्त उद्योगमा च्याउको सकुटी, अचार उत्तपादन हुदै आएको” म्यानेजर केशव न्यौपानेले बताए । ४ बिघा जमिन लिजमा लिएर उत्पादन सुरु गरेको उद्योगले मौषमले साथ दिदा दैनिक ७ सय देखि लिएर १३ सय केजि सम्म उत्पादन हुर्ने गरेको न्यौपानेको भनाई छ ।

उक्त  च्याउ १ नम्बर प्रदेशको बिभिन्न ठुला तथा साना शहर लगायत पर्यटकीय पहाडका बजारमा अत्याधिक माग रहेको छ भने उद्योग बाट उत्पादित अचार र सुकुटी अन्तराष्ट्र पार्सल लाने गरेको तर माग अनुसार पर्याप्त पुर्यउन नसकेको कामदार बताउछन । “देशमा कृषीमा क्रान्ती भन्ने नारा त छ तर राज्यबाट कुनै पनि सुबिधा नपाएकोले आफुले माग अनुसार उत्पादन गर्न नसकेको” संचालकल युवा ब्यावसायी उदयचन्द्र श्रेष्ठले बताए । श्रेष्ठले थपे राज्यको सहयोग, बजारको ब्यावस्थापन र उद्योगको सुनिश्चित्ता गरे १ नं. प्रदेश भरि पुर्याउन सक्ने बताए ।

उद्योगले च्याउको दहि र अन्य परिकारहरु समेत उत्पादन गर्दै लोप्नमुख कृषीका परिकार संकलन गरि कृषी डिपाटमेन स्टोरको सुरुवात गदैछ । उद्योगले ४ बिघा जग्गा भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गर्दै आएको छ । साना तथा घरमै उत्पादन गर्ने ब्यावसायीहरुका लागी उन्नत जातको च्याउको बिउ बेच्ने, उत्पादित च्याउ खरिद गर्ने र किषानबाट कृषी जन्य परिकार संकलन गरि बजारिकरण गदै आएको छ । हाल ३ करोड लगानि भएको तर राज्यबाट कृषिमा कुनै सेवा सुबिधा नपाएको संचालकले गुनासो गरे । (पुर्बेली न्युजबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्