विराटनगरका समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

<span class='c1'>विराटनगरका समाजसेवी न्यौपानेको स्मृतिमा</span> <span class='c2'>प्रकाशित ग्रन्थको विमोचन</span>

विराटनगर, ७ भदौ ।
समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच बिमोचन गरिएको छ।
मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो । साहित्यकार भरत गुरागाईंले सम्पादन गरेको ग्रन्थको वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, साहित्यकार गायत्रीकुमार चापागाईं, प्रेस युनियन मोरङका अध्यक्ष एवं कवि मीनकुमार नवोदित, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, समाजसेवी दुर्गा चापागाईंलगायतले विमोचन गरे ।
९० जनाभन्दा बढी व्यक्तिले समाजसेवी न्यौपानेका विषयमा लेखेका लेख रचना ग्रन्थमा समावेश गरेका थिए । खड्गप्रसाद न्यौपाने र उनकी पत्नी कृष्णकुमारी न्यौपानेको गत वर्ष चार महिनाको फरकमा निधन भएको थियो । न्यौपानेको प्रथम पुण्यतिथि पारेर छोरा अञ्जलीकुमार न्यौपाने, हरिचरण न्यौपाने र छोरी लक्ष्मी न्यौपाने (नेपाल)ले स्मृति ग्रन्थ प्रकाशित गरेका हुन् ।
विमोचन समारोहमा साहित्यकार दधिराज सुवेदी, प्रदेश नम्बर १ का प्रमुख सचिव केदार न्यौपाने, न्यौपानेका नाति इन्जिनियर भरत न्यौपानेले समाजसेवा र शिक्षा क्षेत्रमा खड्गप्रसादले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा न्यौपानेको स्मृतिमा लेखिएको कविता युवा कवि उमेश लुइँटेलले वाचन गरेर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्