विराटनगरमा मोवाईल पारखीको लागी ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’ संचालनमा

विराटनगरमा मोवाईल पारखीको लागी ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’ संचालनमा

विराटनगर १० भदौ । विभिन्न मोवाईल कम्पनीहरुमा लामो समयदेखि काम गरेर अनुभव बटुलेका व्याक्तीहरुले ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’ नाम दिएर मोवाईल विक्री केन्द्र संञ्चालनमा ल्याएका छन् ।
विराटनगर ७ मेनरोड सात घुम्ती स्थित आईतबारदेखि ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’को उद्घाटन गर्दै सञ्चालनमा ल्याईएको हो । ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’को जेष्ठ नागरिक तथा विराटेश्वर वृद्धआश्रमका संचालक जगत अर्यालले रिवन काटेर उद्घाटन गर्नुभयो ।
विराटनगरका अनुप दाहाल, रमन सुवेदी र बादल खनालको सयक्त लगानीमा ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’संचालनमा ल्याईएको जनाईएको छ ।
मोवाईलका पारखीहरुका लागी ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’ले विक्री मात्र गर्ने हैन सर्भिसको लागी पनि उति कै सहयोग गर्ने संञ्चालक अनुप दाहालले जानकारी दिए । मोवाईल किन्ने ग्राहकहरुलाई एक हप्ता सम्म लक्की ड्रको लागी अफर समेत रहेको अर्का संचालक रमन सुवेदीले बताए । लक्की ड्र अन्र्तगत विभिन्न आर्कषित पुरस्कारको व्यावस्था गरिएको छ । करिब २० लाखको लगानीमा संचालनमा ल्याएको मोवाईल पसलमा मल्टि ब्राण्डका सबै मोवाईल उपलब्ध हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्