युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल !

युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल !

बीबीसी

फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ ।

यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई मनपरेको कार्यक्रम छान्न सक्नेछन् । यसमा ठूला ब्रान्डदेखि नयाँ खेलाडी, दुबैको कार्यक्रम हेर्न सकिनेछ । यसबाहेक न्यूज फिडमा सेभ गरिएका क्लिप पनि हेर्न सकिन्छ ।

दर्शकले जुन भिडियो धेरै हेर्छन्, त्यसले विज्ञापन पाउन थाल्छ । अहिलेसम्म निकै कम पब्लिसरले मात्र यो फाइदा पाइरहेका थिए ।

सुरुवातमा ब्रिटेन, अमेरिका, आयरल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डमा मात्र यस्तो सेवा उपलब्ध हुनेछ ।

भिडियोबाट हुने फाइदा निर्माता र फेसबुकलाई बाँडिनेछ । निर्माताले ५५ प्रतिशत र फेसबुकले ४५ प्रतिशत फाइदा पाउनेछ ।

फेसबुकले बुधबार सर्भिस सुरु हुने मिति बताउने तयारीमा थियो तर जानकारी लिक भएका कारण घोषणा कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । यसका कारण केही प्रयोगकताएले यसको पेज हेर्न सकिरहेका छैनन् ।

फेसबुकको वाच सर्भिसलाई युट्युबको प्रतिद्वन्द्वी मानिएको छ । तर यो युट्युबको मात्र नभई पारम्परिक टेलिभिजन च्यानल र अनलाइन आउटलेट जस्तै नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर र फेसबुकको आफ्नो इन्स्टाग्राम टिभीलाई पनि टक्कर दिनेछ ।

गत हप्ता एक अनुसन्धानले अमेरिकीले सुरुवाती वर्षमा मात्र यसमा रुची देखाएको बतायो ।

डिफ्युजन समूहले एक हजार ६ सय ३२ वयस्क फेसबुक प्रयोगकर्तालाई यसबारे प्रश्न सोध्यो । जसमध्ये ५० प्रतिशतले वाचबारे कहिले पनि सुनेका थिएनन् जबकी २४ प्रतिशतले आफूलाई अन–डिमान्ड सर्भिसबारे थाहा भएको तर कहिले पनि प्रयोग नगरेको बताए ।

१४ प्रतिशतले मात्र हप्तामा एक पटक यो सर्भिस प्रयोग गर्ने बताए ।

यद्यपी, केही अन्य रिपोर्ट अनुसार वाचका केही कार्यक्रमलाई लाखौंले हेरेका छन् । केही प्रयोगकर्ता एउटै कार्यक्रम पटक–पटक हेर्न चाहेको बताएका छन् ।

फेसबुकको दाबी अनुसार उनीहरुको यो सर्भिसले मानिसहरुबीच कुराकानी गराउन मद्दत गर्दछ ।

फेसबुकमा भिडियोका सह–संस्थापक फुड्जी सिमो भन्छिन्, ‘विषयबारे तपाईं साथी, अन्य प्रशंसक र निर्मातासँग कुराकानी गर्न सक्नुहुन्छ ।’

सिमोले वाच पार्टी फिचरबारे जानकारी दिएकी छिन् । उनका अनुसार यो विशेषताको मद्दतले दुईजनाले एकैपटक कार्यक्रम हेर्न सक्छन् ।

यदि कोही निर्माता फेसबुकको वाच सर्भिसका लागि कन्टेन्ट तयार गर्न चाहन्छन् भने उनीहरुसँग निम्न योग्यता हुन आवश्यक छः

– निर्माताले तीन मिनेटभन्दा लामो भिडियो बनाएको हुनुपर्छ ।

– दुई महिनाभित्र उनको कन्टेन्टलाई तीस हजार जनाले कम्तिमा एक मिनेट हेरेको हुनुपर्छ ।

– उनीहरुका १० हजार बढी फलोआर्स हुनुपर्छ ।

– उनीहरुको अफिस ‘एड ब्रेक’ सुविधा भएको कुनै देशमा हुनुपर्छ ।

एक इन्डष्ट्रि वाचरको मान्यता अनुसार यी शर्त स्वतन्त्र भिडियो निर्माताहरुका लागि फाइदाजनक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्