भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा

भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा

बिराटनगर भदौ १५ , भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ ।
फेदरलाईटको नेपालका लागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको भाइस चेयरमेन राजकुमार अग्रवालले उदघाटन गर्नुभयो । विराटनगरको मुनालपथमा सञ्चालनमा ल्याइएको शोरुमले फिदर लाईट ब्राण्डका फर्निचरहरुको बिक्री गर्ने संचालक निकुञ्ज अग्रवालले जानकारी दिनुभयो । शोरुमले फिदरलाइट मोडुलर कार्य स्टेशनहरु,कुर्सी,पार्टेसन,डेस्क,बैठक टेबुल,शैक्षिक र प्रयोगशाला लगायतमा आवश्यक पर्ने गुणस्तरिय फर्निचर उपलब्ध गराउने संचलक अग्रवालले जानकारी दिनुभयो ।

यसअघि काठमाण्डौमा संचालनमा ल्याइसकिएको फेदरलाईटको दोश्रो शोरुम विराटनगरमा संचालनमा ल्याइएको हो । फिदरलाईटले विश्वविख्यात कम्पनीहरुलाई फर्निचर सप्लाईगर्दै आएको जनाइएको छ । शोरुम संचालनमा ल्याइसंगै मर्मत सम्भार कक्षपनि संचालनमा ल्याइएको छ । पर्थ इन्टरनेशलले शोरुमबाट फिदर लाईटसंगै किच ब्राण्डका आर्किटेक्चरल हार्डवेयरका सामाग्रिको समेत विक्री वितरण शुरु गरेको छ । सो ब्राण्डका ग्लास फिटिङ्स,फर्निचर फिटिङ्स,बाथरुमका समानहरु सहित ३ सय १६ ग्रेड स्टेनलेस स्टीलका उच्चकोटीका उत्पादनहरु समेत विक्री वितरण गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्