शुक्रबार अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि

शुक्रबार अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि

राजविराज ६ असोज । शुक्रबार राति अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।
रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेर शव गृहमा राखेका थिए । आफन्तले शनिबार बिहान ‘शव’ हेर्न दिनुपर्ने माग गरे पनि अस्पतालले हेर्न दिएको थिएन ।
आक्रोशित आफन्तहरुले दिउँसो १ः ३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बच्चा जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त बनेको हो।अहिले बालकलाई उपचारका लागि सिराहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको छ। आफन्तहरुले संलग्न चिकित्सकलाई कारवाही माग गर्दै शव गृह र आकस्मिक कक्षमा तोडफोड गरेका छन्। सयौंको संख्यामा आफन्त र स्थानीयले अस्पताल घेराउ गरेका छन्।
कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्