क्वालिटी नुडल्सका तयारी चाउचाउ बजारमा लोकप्रिय बन्दै

क्वालिटी नुडल्सका तयारी चाउचाउ बजारमा लोकप्रिय बन्दै

विराटनगर असोज १० । क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले लिएर आएको ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डका तयारी चाउचाउ बजारमा लोकप्रिय बन्दै गएको छ। काबरा ग्रुपले क्वालिटी नुडल्स संचालनमा ल्याएको हो  । काबरा ग्रुपले ३३ वर्षअघिदेखि क्वालिटी ब्रान्डका बिस्कुट पनि उत्पादन गर्दे आएको छ ।   क्वालिटी नुडल्सका चाउचाउ शाकाहारी र चिकन स्वादमा उपलब्ध छन्।

काबेरा ग्रुपले मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा चाउचाउ उद्योग स्थापना गरेको छ ।

यस्ता छन् क्वालिटी नुडल्सका तयारी चाउचाउ :

७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको उपभोक्ता मूल्य १५ रुपैयाँ राखिएको छ। एक पाकेट ‘रोमियो’ चाउचाउ खरिद गर्दा एक थान ‘कान्छा चोकोकिड्स’ उपहार छ। त्यस्तै ५५ ग्रामको पाकेटमा उत्पादित ‘ज्याकपट’ चाउचाउको उपभोक्ता मूल्य १० रुपैयाँ छ। एक पाकेट ‘ज्याकपट’ खरिद गर्दा एक थान ठूलो चकलेट उपहार छ। ‘निकनक’ ब्रान्डको चाउचाउ ४५ ग्राममा छ। यसको उपभोक्ता मूल्य पनि १० रुपैयाँ नै राखिएको छ। ‘‘टेस्टी टेस्टी’, ‘बनबन’, ‘बटर क्रेकर’ र ‘‘डाइजेस्टिभ’ लगायतका बिस्कुटको उत्पादन गरिरहेको क्वालिटी ग्रुपले आफूलाई नेपालमा बिस्कुटको सबैभन्दा ठूलो उत्पादक दाबी गरेको छ।

हाल दैनिक २२ घण्टा सञ्चालनमा आइरहेको उद्योगले प्रति दिन ६ लाख पाकेट चाउचाउ उत्पादन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्