तपाइको स्मार्टफोन तात्ने समस्या छ ? अपनाउनुस् यी ५ टिप्स

तपाइको स्मार्टफोन तात्ने समस्या छ ? अपनाउनुस् यी ५ टिप्स

तपार्इं हामीले प्रयोग गर्ने स्मार्टफोन कुनैपनि बेला तात्न सक्दछ । प्रयोग गर्दागर्दै स्मार्टफोन तातेको बेला के गर्नुहुन्छ ? फोन चलाउन छाडेर गोजीमा राख्ने, कानबाट हटाउने, गोजीबाट निकाल्ने आदि आदि ।

कहिलेकाहीँ नचलाउँदा नचलाउँदै पनि फोन तात्ने समस्या आउन सक्दछ ।आखिर फोन अनायासै तात्नुको कारण के हो ? वास्तवमा यसका विभिन्न कारण हुनसक्दछन् ।एउटा कारण हार्डवेयरको समस्या । हार्डवेयर, जसलाई स्मार्टफोनको मस्तिष्क पनि भनिन्छ ।

फोनभित्रको हार्डवेयरको समस्याले मात्र होइन कहिलेकाहीँ विभिन्न बाहिरी कारणले पनि स्मार्टफोन तात्न सक्दछ ।

फोन तात्ने कारण र त्यसको उपचारका ५ टिप्स यस्ता छन्ः

१. आरामको आवश्यकता: स्मार्टफोन तातो हुनुका लागि सबैभन्दा महत्वपूर्ण कारण चाहीँ स्मार्टफोन धेरै प्रयोग गर्नु पनि हो । फोनलाई विभिन्न बाहिरी डिभाइसहरु जस्तै स्पिकर, वाइफाइ सिग्नल, बलुटुथ आदिसँग कनेक्ट गर्दा पनि फोनको कार्यमा बढोत्तरी हुनजाने र तात्ने हुन्छ । लामो समय फोनमा गेम खेल्दा वा कुनै एप चलाउँदा पनि फोन तात्दछ । लगातार तस्वीर तथा भिडियो खिच्ने कामले पनि फोन तात्दछ । यस्तोमा तपाइँको स्मार्टफोनलाई आरामको आवश्यकता हुन्छ । तपाइँ लामो समयदेखि फोन चलाइरहनु भएको छ भने केही बेर विश्राम दिनुहोस् । केहीबेर फोनको स्क्रिन अफ गरी राख्नुहोस् । फोन चलाउँदा पनि यसको ब्राइटनेस कम गर्नाले तातोपना केही कम हुन्छ ।

२. धेरै गर्मी वा ठण्डी मौसम: यसका लागि स्मार्टफोन होइन बाहिरी वातावरण जिम्मेवार हुन्छ । स्मार्टफोन स्मार्ट जरुर हुन्छ तर धेरै गर्मी र धेरै चिसो वातावरणका लागि यो बनेको हुँदैन । त्यसैले फोनलाई धेरै चिसो र धेरै तातोबाट बचाउनुहोस् । फोनलाई सिधै घाम पर्नेगरी नराख्नुहोस् । बढि आद्रता भएको ठाउँमा पनि फोन नराख्नुहोस् । फोन बढि नै तातेको छ भने पंखालको नजिक लगेर विस्तारै चिसो पार्नुपर्दछ । तर चिसो बनाइहाल्नका लागि फ्रिजमा राख्नु हुँदैन ।

३. फोनमा भाइरस: फोनमा भाइरस आक्रमण हुँदा वा भाइरसजन्य एप इन्स्टल हुँदा पनि फोन तात्ने समस्या सिर्जना हुनछ । त्यसैले अपरिचित वा शंकास्पद श्रोतका एप डाउनलोड नगर्नुहोस् । फोनको सेटिंग्समा गएर अननोन सोर्सेजबाट आउने खालका एप डाउनलोड हुने अप्सन नै बन्द गर्न सक्नुहुन्छ । यदि फोनमा कुनै भाइरस छिरिसकेको छ भने फोनलाई फम्र्याट गरिहाल्नुस्।

४. फोनको कभर: स्मार्टफोनको सुरक्षाका लागि फोनमा बाहिरी खोल राखिन्छ । तर फोनलाई सुरक्षित राख्न भने अपनाइएको त्यहीँ उपाय कहिलेकाहीँ समस्याको कारक बन्दछ र फोन तात्ने समस्या उत्पन्न हुन्छ । त्यसैले फोन धेरै तातेको बेला त्यसको बाहिरी खोल निकालेर केहीबेर राख्नुहोस् । खोलभित्र राखेर चार्ज गर्ने र धेरैबेर चलाउने नगर्दा नै राम्रो हुन्छ ।

५. ब्याट्रीको निगरानी: लिथियम ब्याट्री निकै कमजोर हुन्छ । ब्याट्रीको समस्यका कारण पनि कहिलेकाहीँ स्मार्टफोन तात्ने कारण बन्दछ । कतिपय घटनामा त ब्याट्रीको समस्याले फोन नै पड्किएको र आगाले लागेको पनि सुनिएको छ । त्यसैले ब्याट्रीको सुरक्षामा ध्यान दिनुपर्दछ । ब्याट्रीलाई आवश्यकता भन्दा धेरै चार्ज नगर्नुहोस् । फूल चार्ज भन्दा हरेक पटक ८०–९० प्रतिशत चार्ज गर्दा राम्रो हुन्छ । त्यस्तै सक्कली चार्जरको प्रयोग गर्ने र ब्याट्री बिग्रिएर फेर्नुपर्दा सम्बन्धित ब्राण्डको सक्कली ब्याट्री नै हाल्नुपर्दछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्