बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया श्रेयाको हत्या, घटनामा संलग्न भएको अभियोगमा कुसुम पौडेल पक्राउ

बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया श्रेयाको हत्या, घटनामा संलग्न भएको अभियोगमा कुसुम पौडेल पक्राउ

पोखरा १० असोज । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएका थिए । फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ । बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेका थिए । श्रेया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका बेला स्थानीय वासिन्दाले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रहरी कार्यालय बाहिर नाराबाजी र प्रदर्शन गरेका थिए ।

onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्