दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य जनता मारमा

दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य जनता मारमा

काठमाडौं १० असोज । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।
यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ । अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ ।
‘अहिले बजारमा भएका यी वस्तु ४ महिनाअघि ल्याएको हो’, उनले भने, ‘ठूला व्यापारीले नै बढाएपछि खुद्रा मूल्य त स्वतः बढिहाल्छ ।’ अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि भाउ बढेको व्यापारीले बताउने गरेका छन् । चाडबाडका बेला व्यापारीले कालोबजारी गर्ने भएकाले अझै मूल्यवृद्धि हुने देखिन्छ । पहिल्यै सामान ल्याएर स्टक गरिसकेका व्यापारीले चाडपर्वका बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने गरेका छन् ।

onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्