कविता : मेरो भावना – निलु भटराई

<span class='c1'>कविता : मेरो भावना</span> <span class='c2'>– निलु भटराई</span>

 

हिन्दु मुस्लिम र इसाइहरू
वुद्धका अनुयायी वुद्धिष्टहरु
मलाई त कुरान,पुराण र वाइवललाई
वाइणि्डङ गरेर ए‍उटा ठुलो धर्मग्रन्थ
बना‍उन मन लाग्छ

कुरान,पुराण र वाइवललाई
एउटै ग्रन्थ हाे भन्न मन लाग्छ
म त गंगा नदीमा स्नान गरेर
चारधाम यात्रापछी
पशुपतिमा शिर निहुराउछु
मस्जिदमा गएर अल्ला भन्छु
गुम्बामा गएर माने घुमाउछु
चर्चमा गएर एक क्षण प्राथना गर्छु
भौगाेलिक सीमामा कैद हुन सक्दैन
मेराे भावना
मैले पढेकाे ग्रन्थ मेरो
पुराण,कुराण या वाइवल जेसुकैहाेस
मैले पिएकाे पानी मेरो
गंगा,नायल या काेशी
जहाँ सुकैकाे हाेस्
मैले टेकेकाे धर्ती मेराे
भौगाेलिक सिमाले जे सुकै नामाकरण गराेस
नेपाल मेराे,भारत मेरो,चाइना र जापान मेराे
अमेरीका मेरो,युरोप मेरो
खाडी मुलुक जम्मै मेरो
भावनात्मक सम्बन्ध गाँसेर हेरौँ
संसार अाफ्नै हुनेछ
जाे पनि अाफ्नै हुनेछ
जे सुकै पनि प्याराे हुनेछ
मान्छेकाे भावना न हाे
मन कहिल्यै भौगोलिक सिमाभित्र
अटाउन जान्दैन।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्