चुरोट छाड्न चाहनुहुन्छ ? अप्नउनुस यी ४ उपाए !

चुरोट छाड्न चाहनुहुन्छ ? अप्नउनुस यी ४ उपाए !

चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। साथै भारतको स्वास्थ्य मन्त्रालयले चुरोटका कारण लाग्ने रोगले प्रभावित अंगहरू तथा दाँत झरेका तस्बिर सार्वजनिक गरेको छ। र, यस्ता तस्बिर चुरोटका बट्टाको ८० प्रतिशत भागमा राख्न चुरोट उत्पादक कम्पनीहरूलाई  निर्देशन दिएको छ।

सबै चुरोटका बट्टामा ‘चुरोटका कारण दर्दनाक मृत्यु हुन्छ’ लेखिएको हुनुपर्ने नियम भारत सरकारले लागू गरेको छ। र, ती बट्टामा सरकारले उपलब्ध गराएको हेल्पलाइन नम्बर १८००११२३५६ पनि राख्न अनिवार्य गरिएको छ। भारतले हालै धूमपान प्रयोगबारे नयाँ निर्देशिका जारी गरेको हो।

चुरोट कसरी छोड्ने ?
भारत सरकारले सुरु गरेको हेल्पलाइन नम्बर १८००११२३५६ मा फोन गरेर चुरोट या सूर्तिजन्य पदार्थको लतबाट कसरी छुट्कारा पाउने भन्ने विषयमा यसका अम्मलीहरूले सुझाव लिन सक्ने बताइएको छ। हेल्पलाइन १२ घण्टा खुला रहने भारत सरकारले जनाएको छ । उक्त हेल्पलाइन सेवाले चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्न दिने गरेको सुझाव यस्ता छन्ः

पहिलो उपाय  :  बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने

दोस्रो उपाय  : जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।

तेस्रो उपाय : चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।

चौथौ उपाय : अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।

-नागरिक परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्