विश्वको सबैभन्दा महंगो ‘ह्वीस्की’ ११ लाख डलरमा बिक्री

विश्वको सबैभन्दा महंगो ‘ह्वीस्की’ ११ लाख डलरमा बिक्री

एजेन्सी । स्कटल्यान्डको एडिनबर्गमा एक बोतल सिङ्गल–माल्ट स्कच, ह्वीस्कीका लागि ११ लाख डलरको बोली लगाइएपछि यसलाई लिलामीमा राखिएको विश्वकै महंगो ह्वीस्की बताइएको छ । ६० वर्ष पुरानो अत्यन्तै दुर्लभ ‘म्याकलन भलेरो अदामी १९२६’ लाई एसियाका एक निजी मदिरा संकलकले फोनमार्फत बोली लगाएर खरिद गरेको सीएनएनले जनाएको छ । यस विक्रीले बनहाम्स निलामी घरको पछिल्लो सबै रेकर्ड तोडेको बताइएको छ । यो भन्दा अगाडि एक बोतल ह्वीस्की १० लाख डलरमा हङकङमा बिक्री भएको थियो ।

६० वर्ष पुरानो यस ह्वीस्कीलाई चाहिँ उच्च गुणस्तर र त्यस्को कला र भिन्टेज डिजाइनका कारण अत्याधिक मूल्यवान् मानिएको हो । मदिराका एक्सपर्टहरुले यसलाई क्राइस्टका पालाको पवित्र पेयसँग समेत तुलना गरेका छन् । त्यसैगरी यो लिमिटेड एडिसन ह्वीस्कीलाई पहिलेका प्रशिद्ध चित्रकार भलेरो अदामी र पिटर ब्लेकले डिजाइन गरेका हुन् , जुन लेबल अब विश्वमा कति बाँकी छन् भन्ने स्पष्ट नभएकाले पनि यसलाई दुर्लभ बताइएको हो । वास्तवमा तिनीहरु २०११ को जापान भूकम्पमा नष्ट भएको शंका गरिएको छ ।

यसरी ह्वीस्की संकलनमा विशेष रुची राख्नेहरु लामो समयसम्म यस्ता क्लासिक  ह्वीस्कीहरु बजारमा आउने पखाईमा हुने गर्छन् जसपछि उनीहरुले जतिसुकै मूल्य तिरेर भएपनि तिनलाई आफ्नो बनाएर छाड्ने गरेका छन् । यसका पूर्व मालिकले भने सो ह्वीस्कीलाई १९९४ मा म्याकलन डिस्टिलिटरीबाट खरिद गरेको बताइएको छ । यसरी ६० वर्षसम्म यसलाई सुरक्षित राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्