पूर्वमा लोकप्रिय बन्दै पुर्व मै उत्पादित “मगमग” चाउचाउ

पूर्वमा लोकप्रिय बन्दै पुर्व मै उत्पादित “मगमग” चाउचाउ

बिराटनगर असोज २३ , प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने "मगमग" चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको "मगमग" ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन्  ।

‘अब हर घर मग्मगाउँछ’ भन्ने त्याग लाइनका साथ बजारमा आएको उक्त चाउचाउ हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग गरेर उत्पादन सुरु गरिएको संचालक अजय अग्रवालले जानकारी दिए । 

झापाका  गणेश प्याकुरेल , अजय अग्रवाल, पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल र बुद्धि घिमिरले संयुक्त रुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्  । 

उद्योगबाट मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्रान्डका चाउचाउ र चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्र्याकर, कर्न फ्लेक्स लगायतका उत्पादन हुने छन् । मगमगले ८१, ७० र ४५ ग्रामका तीन प्रकारका प्याकेट बजारमा ल्याएको छ । ८१ ग्रामको प्याकेटको मूल्य २० रुपैयाँ, ७० ग्रामको १५ रुपैयाँ र ४५ ग्रामको १० रुपैयाँ उपभोक्ता मुल्य कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्