विराटनगरको अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगरको अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगर, कार्तिक १ , 
विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्थानीय बरेन सरदार , उनी यही खेल मैदानमा भएको घाँस काट्नको लागि आएका थिए । उनलाई आज भन्दा केही बर्ष अगाडी यहाँको काम शुरु गर्दा लागेको थियो, यहा त देश बिदेशका खेलाडीहरु आउलान् भन्ने । तर अहिलेसम्म बिदेशी खेलाडी एकजना नदेखिएको उनले सुनाए ।
देश तथा बिदेशी खेलाडी आउने आशा बोकेका स्थानीय त बिदेशी खेलाडीको पक्षमा देखिएको भएपनि त्यसरी बिदेशी खेलाडी आउनको लागि के के मापदण्ड चाहिन्छ भन्ने बारेमा उनीहरु जानकार छैनन् । तर यहाँ निर्माण भएका संरचनाहरु एउटा पनि काम लाग्ने खालका छैनन् ।

अन्तराष्ट्रिय स्तरको खेल मैदानको अबधारणा अनुसार काम शुरु गरिएको बैजनाथपुर खेल मैदानमा बैज्ञानिक गुरुयोजना नहुँदा अन्यौलमा परेको भन्छन्, पत्रकार माहाप्रसाद खतिवडा ।
अन्तराष्ट्रिय खेलकुदका गतिबधि गर्ने भन्दै निर्माण भएको यो खेल मैदानमा राष्ट्रिय खेलकुद परिषदले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ३ वटा खेल खेलाएको थियो । लङटेनिस, क्रिकेट र सुटिङका खेलहरु यहाँ खेलाउने योजना अनुसार हतारमा खेल मैदान तयार पारेर प्रतियोगिता गराएको थियो । प्रतियोगिताका बेलामा सुटिङ प्रतियोगिता गराउँदा त्रिपालमुनी खेलाईएको थियो । त्यो अझै पनि खेलको माापदण्ड अनुसार तयार भएको छैन । त्यही हतारको बिचमा पुरुष क्रिकेट प्रतियोगिता गराएको खेल मैदानमा धुलोका बिचमा आयोजना गरिएको थियो, त्यो खेल मैदानमा अहिले पनि डोजर नै लागि रहेको छ । सँगै जोडिएको लङटेनिस प्रतियोगिताको आयोजना गरिएको यो कोर्टपनि अझै पुरा भएको छैन । घाँसे चौरका बिचमा छ । यसको ब्यवस्थापन नै फितलो भएको खेल क्षेत्रका जानकारहरु नै बताउँछन्, जग्गा खरिद देखि अहिलेसम्म नजिकबाट नियालेका सन्तोष बानियाँ ।

गिरिजा प्रसाद कोईरालाको पालामा जग्गा खरिदको लागि सरकारले बजेट बिनियोजन गरेपपछि करिब ८० लाखमा जग्गा प्राप्ती भएको थियो । जग्गा प्राप्तीपछि सरकारको तर्फबाट कसैले चासो नदिएको एन्फाका सह सचिव बसन्त अर्याल बताउँछन् ।
अन्य क्षेत्रमा खेलकुदको भौतिक संरचना निर्माणको काम तिब्र पारिएको भएपनि बिराटनगरमा कसैको चासो नगएको खेल क्षेत्रका ब्यक्तिहरुले आरोप लगाईरहँदा यो बर्ष मात्र यही खेल मैदान र स्टेडियम निर्माणको लागि १ करोड ७० लाख क्रिकेट खेल मैदानको स्तरोन्नतीको काम भईरहेको छ। त्यस्तै ५० लाख एथ्लेटिक्सको ४ सय मिटरको ट्रयाक खोल्न तथा फुटवल ग्राउण्डको मैदान निर्माणमा बिनियोजन भएको छ । यो मात्र हैन हरेक बर्ष राखेप बजेट हाल्ने गरेको भएपनि त्यो बजेट कहाँ जन्छ अत्तोपत्तो छैन । जिल्ला खेलकुद विकास समितकिा अध्यक्ष किशोरलाल अमात्य ।

यही मैदानको लागि भन्दै हरेक बर्ष रकम नआएको भने हैन । तर रकमको सही सदपयोगमा भने अशंका उठ्न थालेको छ । राखेपले सातौ प्रतियोगिता आयोजना गर्नु पुर्ब २ करोड यही खेल मैदान ब्यवस्थापनको लागि उपलब्ध गराएको थियो । त्यस्तै क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले पनि आफ्नो संरचनामा आएको रकम त्यहाँ केही खर्च गरेको बताईन्छ तर उपलब्धी शुन्य छ । हरेक बर्ष आएको बजेटबाट भत्काउने र बनाउने काहेक कुनै पनि कामै भएको देखिँदैन । अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको मैदानमा क्रिकेट, फुटवल, स्वीमिङ, सफ्टेनिस, लङ्टेनिस, भलिवल, ह्याण्डबल, सुटिङ, बक्सिङ, कराँते, जस्ता खेलकुदका गतिबिधि गराउने गरी निर्माणको तयारी भएपनि केही ब्यक्तिका स्वार्थको कारण निर्माणको काममा नै आलटाल भएको छ । अहिले खेल मैदानको सहीरुपमा प्रयोग भएको छैन भने ब्यवस्थापनमा समेत चरम लापरवाही देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्