कविता : हे युवा ! – नानि भारद्वज

<span class='c1'>कविता : हे युवा</span> <span class='c2'>! – नानि भारद्वज</span>

 

हे युवा ! छ तिमीमा उर्जा अथाह कति हो कति
देऊ उर्जा तिमी त्यो माटोले मागेको जति छ त्यति।

माटो भयो हेर ! सुख्खा शुविचार सिञ्चित नभए पछि
रुखो भयो माटो त्यो खनजोत् गोडमेल नभए पछि।

छैन बाली हेर ! लहलहाउदो उर्वरता सबै गुमे पछि
छैन मौसममा फल्ने अन्न हली बाउसे नभए पछि।

न त छन हेर ! कतै बियाडे खेतार रोपाहार हरु पनि
निर्जन झैँ भयो माटो भयो अब त्यो बेस्याहार बनी।

विरक्त नहोऊ हे युवा ! तिमी माटोको चित्कारलाई सुन
कस्सेर मुठ्ठी तिमी अहिले नै माटोको मुल्यलाई गुन।

लाएर दत्तचित्त हे युवा ! तिमी माटोका काँडाहरु चिन
गोडमेल गरेर यहाँ चाँडै तिमीले उत्तम बिजहरु बुन।

७ कार्तिक २०७५,विराटनगर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्