एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुर दिङ्गलामा

एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुर दिङ्गलामा

भोजपुर कार्तिक ११ . एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको षडानन्द नगरपालिका दिङ्गला शाखाको षडानन्द नगरपालिकाका प्रमुख (मेयर) विरबल राईले शुक्रवार भव्य समारोहबीच उद्घाटन गरेका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्यालय, २ सय ६२ एटीएम, २६ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।

बैंकको वासलातको आकार १ सय ९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६७ अर्ब तथा कर्जा १ सय ३८ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रहेको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्