तेह्रथुमको म्याङलुङ्गमा एनआईसी एशिया बैंकको शाखा

तेह्रथुमको म्याङलुङ्गमा एनआईसी एशिया बैंकको शाखा

तेह्रथुम, ११ कार्तिक । तेह्रथुमको म्याङलुङ्गमा एन आई सी एशिया बैंकको शाखा कार्यालय एक कार्यक्रमका विच आज उद्घाटन गरिएको छ ।
म्याङलुङ्ग नगरपालिकाका मेयर संजय कुमार तुम्वाहाम्फेले रिवन काटेर बैंकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मेयर तुम्वाहाम्फेले बैंक स्थापनाले नगरपालिकाको समृद्धिको लागि सहयोग पुग्ने बताए ।

मुलुकभर २ सय ६४ शाखा कार्यालय, २ सय ६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिई रहेको बैंकले जनाएको छ । अहिले सम्ममा ५ सय भन्दा बढीले खाता खोली सकेका र नेपाल भरमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको म्याङलुङ्ग शाखा प्रमुख मोदनाथ गुरागाईले बताए । अहिले तेह्रथुमका छ वटै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सहज भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्