जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण  शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ। शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ ।  वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ ।  ख्याल नपु¥याउँदा धेरै मानिस चिसोको शिकार हुने गरेका छन् ।
जाडो मौसममा हुने रोगहरु

मौसमी फ्लू : तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष अशर हाम्रो शरिरमा हुन्छ । चिसोमा शरिरको ताप घट्दा शरिरमा चिसो महशुस हुन्छ । वाह्य वातावरण चिसो हुने भएकाले शरिरमा जतिबेला पनि जाँडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्छ ।

बच्ने उपायः शरिरले तापक्रम एडजस्ट गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातोमा स्थानमा नबस्न बिज्ञहरु बताउँछन् । एसीमा बसेर बाहिर निस्किदा शरिरले बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न बिज्ञहरु सुझाव दिन्छन् ।

खोकीः धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम हुने गर्छ ।  यदि पिनासको समस्या छ भने धुलोबाट बच्नुपर्छ ।

बच्ने उपायः खोकीबाट बच्न खानेकुरामा विशेष बिचार पु¥याउनुपर्छ । नियमित तातोपानी खानुपर्छ । शरिरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिंक्स खानुहुन्न । बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्छ ।

फुस्रो छालाः चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ ।

बच्ने उपायः फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

टाउको दुख्नेः चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ ।

बच्ने उपायः उनीको टोपी, मफलर लगायतका न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।

जाडोको सामना कसरी गर्ने ?

हरेक पटक मौसम परिवर्तन हुन्छ । तर, परिर्वर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिर्वर्तित मौसममा एडजस्टमेन्ट हुने बेलामा शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुन्छ र शरिर विभिन्न भाइरस र ब्याक्टेरियाले शरिरमा आक्रमण गर्ने दाउमा हुन्छन् । बिचार नपु¥याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने

कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । जाडोमा पर्याप्त आराम गर्दा र बेला–बेला घाम ताप्दा राम्रो हुन्छ ।

अनुहारको छाला जोगाउने

चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ । सुख्खा छाला फुट्ने गर्छ । तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ । एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल  र मुलायम बनाउँछ ।

पर्याप्त पोषण

प्रशस्त पोषणले पनि तपार्इंको स्वास्थ्य र छालाको स्याहार गर्छ । भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ ।

परिवर्तनका लागि तयार

मौसम परिवर्तनका लागि शरिरलाई तयारी अवस्थामा राख्नुपर्छ । बदलिदो मौसमसँग जुध्न प्रशस्त लत्ताकपडा र खानेकुराको पूर्व व्यबस्था गर्नुहोस । कुन केला कुन खानेकुरा खाने र कुन कपडा लगाउने विषयमा ज्ञान नहुदा धेरै मानिस चिसोको शिकार हुन्छन् । रातको समयमा विशेष ध्यान दिनुहोस । एयर कन्डिसन र अन्य तापसम्बन्धी उपकरण राम्रो अवस्थामा छन वा छैनन भन्ने बारे ध्यान दिनुपर्छ ।

 जाडो मौसममा देखिने अन्य समस्या

१ ह्दयघातः हामीमध्ये अधिकांशलाई यो थाहा नहुन सक्छ, जाडोमा धेरै मानिसलाई ह्यदघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ। यही जोखिमका कारण विज्ञहरुले मोटा र बृद्धबृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाब दिँदैनन् ।

२ दम बढ्छः जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाई उत्पन्न गर्छ । तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ नबाल्नुहोस् ।

३ जोर्नी दुख्छः जाडोमा जोर्नी दुख्नुको कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन । तर, अधिकांश मानिस यस समस्याबाट जाडोमा पीडित हुने गर्छन् ।  जोर्नी दुख्ने समस्याबाट बच्न पैतलालाई न्यानो बनाउनुपर्छ ।  एउटा बाक्लो लुगा लगाउन भन्दा पातला दुई वा सो भन्दा बढी कपडा लगाउनु उपयुक्त मानिन्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउछ ।

स्रोतः स्काइमिटवेदर डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्