भाइटीकामा मोबाइल बैंकिङबाट दक्षिणा ट्रान्सफर गरे १ सय रुपैयाँ बोनस

भाइटीकामा मोबाइल बैंकिङबाट दक्षिणा ट्रान्सफर गरे १ सय रुपैयाँ बोनस

काठमाडौं कार्तिक १९। यस वर्षको भाइटीकामा मोबाइल बैंकिङबाट दक्षिणा ट्रान्सफर गरे १ सय रुपैयाँ बोनस प्राप्त हुने भएको छ । एनआईसी एसिया बैंकले दक्षिणा रकम बैंकको मो–बैंक नामक मोबाइल बैंकिङकबाट ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने दिदीबहिनीलाई १०० बराबरको बोनस रकम प्रदान गर्ने भएको हो ।

एनआईसी एसियाले शुभ–दिपावली तथा भाइटीकाको उपलक्ष्यमा ‘सोच बदलौं’ नामक अभियानअन्तर्गत ‘भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक यस्तो योजना सार्वजनिक गरेको हो ।
एनआईसी एसिया बैंक निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकले देशभर २ सय ६५ शाखा कार्यालय, २ सय ६५ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका १३ लाख ५० हजार ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्