जब ८५ सेकेण्डमै एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको सामान बिक्री भयो

जब ८५ सेकेण्डमै एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको सामान बिक्री भयो

इन्टरनेट जाइन्ट अलिबाबाले सामान बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ । अलिबाबाले वार्षिक रुपमा गर्दै आएको आफ्नो सबैभन्दा ठूलो सपिङ्ग डे ‘सिंगल्स डे’ मा ८५ सेकेण्डमै एक अर्ब अमेरिकी डलर (एक खर्ब १६ अर्ब रुपैयाँ) बराबरको सामान बिकेको हो ।

चिनियाँ कम्पनी अलिबाबाको वार्षिक सिंगल्स डे आइतबार परेको थियो । पहिलो एक घण्टामै १० अर्ब अमेरिकी डलर बराबरको सामान बिकेको छ । कुल २४ घण्टाको समयमा ३० अर्ब ८० करोड अमेरिकी डलर बराबरको सामान बिकेको छ ।

यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी हो । नोभेम्बर ११ मा अनलाईन मार्फत किनमेल गर्दा अलिबाबाले छुट दिँदै आएको छ । अलिबाबाले सन् २००९ देखि वर्षको एक पटक सिंगल्स डे गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्