बगेर मात्रै गएनौ तिमी , बगाएर पनि गयौ
सावानको भेल बाढी झैँ , कुर्लेर आयौ तिमी
बाछिटाले पनि थिच्ने तिमीलाई , मसिनो झरीले लडाईदिने तिमीलाई
प्वाल परेको छाताले जोगाउछु , भन्ने म !
उर्लेको खाहरेबाट जोगाउ कसरी ?
टुसा मात्र थियौ तिमि , जमिन भित्रै छटपटिएको थियौ तिमी
भित्रै युद्ध गरिरहेको तिमी .. कठै !
बाहिरको द्वन्द सहन सकेनौ तिमी, नफक्रिएको फुल हौ तिमी
ओइलाउनु अघावै बिलिन भयौ तिमी
साहरा बिनाको लाठि हौ तिमी
नउठाई लम्पसारियौ तिमी , कालो बादल लागेको देखेनौ तिमीले
गडयाङगुडुङको आवाज सुनेनौ तिमीले
निथ्रुक्क रुजाएछ तिमीलाई
चिसो गाड्यो कि आँखा गाड्यो ??
ज्वरो ओर्लिएँन तिम्रो .... ओर्लिएँन तिम्रो....