अब एनआईसी एशिया बैंकबाटै लाईफ इन्स्योरेन्सको सेवा पाइने

<span class='c1'>अब एनआईसी एशिया बैंकबाटै</span> <span class='c2'>लाईफ इन्स्योरेन्सको सेवा पाइने</span>

काठमाडौं । अब एनआईसी एशिया बैंक लिमिटेडबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको हो ।

 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्