भारतबाट आउने केरामा भन्सार कर बढाउने तयारीमा सरकार

भारतबाट आउने केरामा भन्सार कर बढाउने तयारीमा सरकार

सरकारले केराको आयात न्युनिकरणका लागि केरामा लाग्दै आएको भन्सार दर बढाउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट आयात हुने केरामा लाग्दै आएको भन्सार दर बढाउने तयारी भइरहेको जानकारी गराएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात न्युनिकरणका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताए । भन्सार दर बढाउने सम्बन्धमा अर्थमन्त्री युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए ।

अहिले भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार दर लाग्दै आएको छ । केरा उत्पादक संघले केरामा लाग्दै आएको भन्सार दर बढाएर ३० प्रतिशत पुर्‍याउनुपर्ने माग राखेका छन् । भन्सार बढाउँदा भारतबाट आयातित केरामा प्रतिष्प्रर्धा गर्न सकिने र नेपाली केरा प्रात्साहनमा मदत पुग्ने संघको भनाइ छ ।

व्यवशायीले कैलाली, कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापढण्ड पूरा भएकाले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागू गरिनु पर्ने, कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनु पर्ने लगायतका ७ बुँदे माग राख्दै मन्त्री खनाललाई ज्ञापन पत्र बुझाएका छन् ।

केरा उत्पादक संघका अनुसार कैलाली कंचनपुर, बाके बर्दिया, दाङ्ग, रुपन्देही, नवलपरासी, चितवन, बारा, सर्लाही, मोरङ्ग, सुनसरी लगायतका जिल्लामा करिव १८ हजार हेक्टरमा २५ हजार कृषकले व्यवसायीक केरा खेती भइरहेको छ । उक्त केरा खेतीबाट करिब ७ लाख मेट्रिक टन केरा वार्षिक उत्पादन भइरहेको केरा उत्पादक संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्