प्रदेश १ पर्यटकीयस्थल बिशेष : भिडियोमा हेर्नुहोस इलामको श्रीअन्तु

<span class='c1'>प्रदेश १ पर्यटकीयस्थल बिशेष</span> <span class='c2'>: भिडियोमा हेर्नुहोस इलामको श्रीअन्तु</span>

बिराटनगर मङ्सिर ११  ,

इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योदय हेर्न ,चियाबारी घुम्न , पोखरी अवलोकन गर्न साथै होमस्टेको लागि श्रीअन्तु छोटो समयमा नै निक्कै  लोकप्रिय पर्यटकस्थल बन्न सफल भएको छ । नेपालमा घाम उदाउने क्षेत्रको रुपमा परिचित श्रीअन्तु डाँडामा अहिले दैनिक ६ सय बढी पर्यटक आउने गरेको तथा उनीहरुको रोजाइमा होमस्टे पर्ने गरेको श्रीअन्तुमा होमस्टे चलाउने रेवती मगरले जानकारी दिईन । श्रीअन्तुमा अहिले नयाँ होमस्टे साथै होटेलहरु खुल्ने क्रम बढेको पनि मगरले बताइन ।

ओबी मिडिया प्रालिले प्रदेश नम्बर १ का पर्यटकीयस्थलको चिनारी तथा जानकारीको लागि अभियान सुरु गरेको छ । त्यसै अन्तर्गत रहेर हामीले इलामको श्रीअन्तुको जानकारीमुलक भिडियो लिएर आएका छौ ! 

यस्तो छ भिडियो !

https://youtu.be/LpcrsIXWUUc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्