केएल दुगड समुहको ज्ञान ‘कोदोको पिठो’ बजारमा

<span class='c1'>केएल दुगड समुहको ज्ञान</span> <span class='c2'>‘कोदोको पिठो’ बजारमा</span>

काठमाडौं मङ्सिर १२।

के एल दुगड समुहले हालै ज्ञान कोदोको  पिठो पनि बजारमा ल्याएको छ । लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्रान्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल  उत्पादन गर्दै आएको दुगडले कोदोको पिठा ल्याएको हो ।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको हो ।

ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनीको दाबी छ ।

ज्ञान कोदोको  पिठो उत्पादनको लागि आफ्नै मिलमा उच्च गुणस्तरयुक्त अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा उत्पादन गरिन्छ । ज्ञान ब्रान्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध रहेको कम्पनीको दावी छ ।

कोदोको पिठोका केही फाईदाहरुमा पाचन प्रक्रियामा मद्दत पुर्याउने, कब्जियत हुनबाट बचाउने, पेटलाई सफा राख्ने आदि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्