अनुहारमा आउने डन्डीफोर हटाउन चाहनुहुन्छ ? यी कुरा खानुहोस !!

अनुहारमा आउने डन्डीफोर हटाउन चाहनुहुन्छ ? यी कुरा खानुहोस !!

सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ। तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर चाँडो निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ।

ल्वाङ :
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसको पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाउँदा फाइदा हुन्छ। एक कप पानीमा ल्वाङ उमाल्ने। पानी चिसो भएपछि त्यसमा भएको ल्वाङ मुछ्ने र अनुहारमा लगाउने। आधा घण्टासम्म राख्ने। यसो गर्दा डन्डीफोर हटेर जान्छ।

मह :
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केहीबेर राख्ने। १५ मिनेटपछि चिसो पानीले धुने। चिसो दूधले पनि अनुहार धुन सकिन्छ। यसले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउँछ साथै छाला चम्किलो बनाउँछ।

केराको बोक्रा :
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पु¥याउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी हुन्छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फाइदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने गर्नुपर्छ।

कागतीको रस :
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने तथा चराउने हुन्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

गोलभेँडा :
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा फाइदाजनक तŒव पाइन्छन्। जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधा घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्दा यसले छिट्टै फाइदा दिन्छ।

चन्दन पाउडर :
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागतीको रस केही थोपा मात्रै राख्ने। धेरै राख्दा पोल्न सक्छ। दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले धुने। डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ।

बाफ लिने :
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै, यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्न बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कपासले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्