मोरङमा ‘बन्धन’ ब्रान्डमा नयाँ सिमेन्ट उद्योग संचालनमा आयो

मोरङमा ‘बन्धन’ ब्रान्डमा नयाँ सिमेन्ट उद्योग संचालनमा आयो

विराटनगर मङ्सिर १४ ।

प्रदेश नम्बर १ को मोरङ बुढीगङ्गा गाउँपालिकामा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली. ले ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गरेको छ ।

विराटनगरका दुई युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा नयाँ सिमेन्ट उद्योग संचालनमा आएको हो । उद्योगमा मल्टिनेसनल कम्पनीबाट खरिद गरिएका मेसिनरी, विद्युतीय उपकरण र लोडिङ–अनलोडिङ मेसिन प्रयोग गरिएको व्यवसायी मारूले बताए ।

उनले उद्योगको क्षमता ओपिसी, पिपिसी र पिएससी गरी तीन प्रकारकै सिमेन्ट दैनिक २० हजार बोरा अर्थात् १ हजार मेट्रिक टन ‘बन्धन’ सिमेन्ट उत्पादन गर्ने रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्