गरिखानेको कथा: बिराटनगरका युवा मनिष जो चिया नास्ता बेचेर परिवार चलाउछन्

गरिखानेको कथा: बिराटनगरका युवा मनिष जो चिया नास्ता बेचेर परिवार चलाउछन्

बिराटनगर मङ्सिर १४ -

बिराटनगरका २६ वर्षीय मनिष शर्मा करिब १७ बर्ष देखी आफ्नो पसल संचालन गर्दै आएका छन् । उनको पसलमा चिया, मोमो ,चाउमिन,चनाचुरा, चिसो आदि बिभिन्न खानेकुराहरु पाउन सकिन्छ  ।

८ बर्षको कलिला उमेरदेखि ब्यवसायमा लागेका मनिष आज यो पेशामा लागेको झण्डै १७-१८ बर्ष हुन लाग्यो । "३ बजे स्कुलबाट बिदा हुने बित्तिकै म बाबाको दोकान जान्थे " मनिष आफ्ना पुराना दिनहरु सम्झिँदै बताउँछन् । उनको बुबाको देहवसान पछि उनको आमा र दुई बहिनीको जिम्मेवारी उनको कांधमा आइपुग्यो । जिम्मेवारी पूरा गर्नका निमित्त मनिषले आफ्नो पढाइ १२ कक्षा पछि छाडे ।

"सुरु सुरुमा मेरो दोकानमा कोही आउन रुचाउदैन थिए, त्यसपछि बिस्तारै मैले खाने बस्तुहरु बढाउँदै जाँदा मलाई सबैले मन पराउन थाले र आज मेरो दोकान बिराटनगरको सात घुम्ती रोड नजिकै छ " मनिष बताउँछन् । उनको पसलको नाम तलेजु चिया पसल हो । महिनाको २०-२५ हजार कमाउने मनिष हालै भाटभटेनी पछाडि डेरामा बस्ने गरेका छन् । त्यहि कमाइले उनको घर परिवार चलेको छ । "संघर्ष नै सफलताको अर्को नाम हो" मनिष भन्छन् ।

प्रस्तुति : प्रेम पारख (प्रशिक्ष्यार्थी पत्रकार) / ओबी मिडिया 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्