एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे बढुवा

<span class='c1'>एन आई सी एशिया बैंकको नायब</span> <span class='c2'>प्रमुख कार्यकारी अधिकृतमा पाण्डे बढुवा</span>

काठमाडौं । एन आई सी एशिया बैंकको सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्दै समृद्घ नेपाल, सुखी नेपाली  को राष्ट्रिय अभियानमा बैंकको तर्पmबाट उल्लेखनीय योगदान पुर्याउने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्