सुन तोलाको ५८ हजार ३ सय पुग्यो, हिजोभन्दा ९ सयले बढी

सुन तोलाको ५८ हजार ३ सय पुग्यो, हिजोभन्दा ९ सयले बढी

काठमाडौं  मङ्सिर १८ ।

केही दिनदेखि उतारचढावपूर्ण रहेको बहुमूल्य धातु सुनको भाउ एकै दिन मंगलबार तोलामा ९ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा मंगलबार छापावाल सुनको भाउमा प्रतितोला ९ सयका दरले बढेर ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ५७ हजार ४ सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय १० रुपैयाँ रहेको छ । सोमबार तेजाबी सुन तोलाको ५७ हजार १ सय र चाँदी तोलाको ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंसिर १८ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । यो भाउ मंसिर २ गतेको हो । त्यसयता विस्तारै यसको भाउ ओरालो लाग्दै आएको छ ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर ११ मा छापावाल सुनको भाउ प्रतितोला ५८ हजार, मंसिर १२ मा ५७ हजार ६ सय, मंसिर १३ मा ५७ हजार ५ सय, मंसिर १४ मा ५७ हजार २ सय, मंसिर १६ मा ५७ हजार २ सय र मंसिर १७ मा ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्