एनआईसी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा

एनआईसी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा

झापा , मंसिर १९ । एन आई सी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा सुरु भएको छ । उक्त शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले उद्घाटन गरेका थिए ।

उनले उक्त अवसरमा बैंकले अधिराज्यभर पुर्याएको सेवा र सुविधा प्रति जनताको विस्वास रहेको बताए । कार्यक्रममा बोल्दै मेयर शिवाकोटीले बैकले ग्रामिण क्षेत्रमा शाखा खोलेर बैकिङ सेवामा पहुँच पुर्याएको बताए ।

एन आइ सी एशिया बैंकले हाल मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्