एनआईसी एशिया बैंकको नयाँ शाखा झापा बजारमा

एनआईसी एशिया बैंकको नयाँ शाखा झापा बजारमा

काठमाण्डौ मङ्सिर २४ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे ।

अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन काउण्टर ३७ एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेका छन् । 

बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्