फिदिममा भेटिए “टुप्पी बा”,११ फिट ५ इन्च लामो टुप्पी सहित बिश्व रेकर्ड राख्ने दाउ

फिदिममा भेटिए “टुप्पी बा”,११ फिट ५ इन्च लामो टुप्पी सहित बिश्व रेकर्ड राख्ने दाउ

पाँचथर मङ्सिर २४ ।

मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ ।

करिब चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी एकजना साधुले टुप्पी नकाट्न र नकोर्न भनेपछि पाल्न थालेको उहाँ बताँउनुहुन्छ । ७९ वर्षीय भण्डारीको टुप्पी हाल ११ फिट ५ इन्च लामो छ ।

टुप्पी लामो भएका उहाँलाई नुहाउन निक्कै सकस हुन्छ । टुप्पी देखाउन घरको बरण्डा बा अग्लो ठाँउमा चढ्नुपर्छ । २० वर्षअघि घाँस काट्न रुखमा चढ्दा ४ फिट टुप्पी रुखका हाँगाले लुछेर लगेको उहाँ सुनाउनुहुन्छ ।

नयाँ नया काम र नयाँ नयाँ सिर्जना गरेर विश्व किर्तिमान कायम गरिरहेका बखत यामनारायणको टुप्पी पनिले पनि नयाँ रेकर्ड कायम राख्न सक्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्