द भ्वाइस् अफ नेपालको फिनाले आज कतारमा हुन लागेको ग्राण्ड फिनालेमा कस्ले मार्ला बाजी…?

द भ्वाइस् अफ नेपालको फिनाले आज कतारमा हुन लागेको ग्राण्ड फिनालेमा कस्ले मार्ला बाजी…?

विराटनगर २७८ मंसिर । उत्कृष्ट स्वरहरुको कार्यक्रम ‘द भ्वाइस अफ नेपाल ’ मा आज राती १० बजे कतारको दोहामा हुदैछ । भ्वाई अफ नेपालका टप ४ ट्यालेन्टहरुले आज कस्तो प्रस्तुतिदिने अनि कस्ले जित्ला उपाधी भन्ने सबैको कौतुहलता रहेको छ ।
भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने भएको छ । जस्को प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार राती १० बजे कान्तिपुर टि.भी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने छ । डिसेम्बर १४ मा हुने उक्त कार्यक्रममा पहिलो द भ्वाइस अफ नेपाल छनोट हुनेछन । एकै साथ टप ८ हरुको प्रस्तुती प्रस्तुत गरिने उक्त कार्यक्रममा तेजेन्द्र गन्दर्भको पनि प्रस्तुती रहने जनाइएको छ । बहुचर्चित नेपाली हाँस्य कलाकार धुर्मुस सुन्तलीको बेजोड प्रस्तुती रहने छ । नेपालको पहिलो द भ्वाइस छनोट गर्ने सम्पुर्ण जिम्मा दर्शकलाइ सुम्पिएको छ । जस्ले बढी भोट ल्याउछ उनै बन्नेछ नेपालको पहिलो भ्वाईअफ नेपालको विजेता ।
को को छन् त फाईनलमा लड्ने हेर्नुहोस नामसहित
विराटनगरका सिर्जय थपलिया

झोला बोकेर स्टेजमा देखिने सृजयले लाइभ सोमा ‘जिवनमा पहिलो पटक’ बोलको गित गाएका छन् । विराटनगर ८ हाटखोलाका २६ बर्षिय सिर्जय थपलिया विराटनगरको पुर्वाञ्चल युनिभर्सिटीबाट विविए अध्ययनरत सृजय ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल देखिए, तर ब्याटल राउन्डमा उनलाई कोच प्रमोदले स्टिल गरेर यहाँ सम्मको यात्रामा निरन्तरता पाए । आज राती सिर्जयको वेजोड प्रस्तुति हेर्नका लागी उनका सर्मथकहरु आतुर छन् ।

झापाका कुशल आचार्य

११र१२ बर्षकै उमेर देखि गाउँदै आएका कांकडभित्ता, झापाका कुशल भ्वाइस अफ नेपालमा आफ्नो कुशल प्रतिभा देखाउदै आएका छन । ग्लोवल गेट इन्टरनेशनल बत्तिसपुतली काठमाण्डौँमा अध्यनरत आर्चायले देश विदेश वाट निकै सर्मथन पाइरहेका छन । कोच अभयाका कुशल लामो समयवाट बार, तथा क्लबमा पनि गीत गाउँदै आएका छन । उनि सुन्दरता तिम्रो उदाहरण लिएर ब्लाइण्ड अडिसनमा प्रस्तुति दिएका थिए ।
सी.डी. विजय अधिकारी

‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका विजयको नाम अघिको सीडीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए ।

सप्तक दुर्तराज

टिममा सनुप अन्र्तगत काठमाण्डौका सप्तक दुतराज द भ्वाइस अफ नेपालु को ब्लाइण्ड अडिसन राउण्डमा ‘आँखामा तिमीलाइ’ गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । डन बोस्को कलेज पढेका सप्तक हाल खोपा इन्जिनियरीङ्ग कलेजमा अध्ययनरत छन । ब्याटल राउण्डमा ‘तिमि नै हो’ बोलको गीतमा अनिस गबुजासंग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा ‘मार्यो नि मार्यो’ र हिमाली नेपाली गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । फेनालेमा ७९ देशका एनआरएन प्रतिनिधीको समेत उपस्थिति रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्