बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते

बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते

विराटनगर २८ मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका(४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक उदयपुर लिम्चुङबुङ गाउँपालिका(४ बस्ने वर्ष २२ को सुबिन राई र सोही ट्याक्टरमा सवार वर्ष २४ को पबन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । साथै सोही ट्याक्टरमा सवार सोही स्थान बस्ने बर्ष ३१ को बिषु राई लगायत ८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाईएको एक नम्बर प्रदेश प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्