छिटो छिटो पिसाब आउँछ ? यस्ता हुन् सक्छन कारण !!

छिटो छिटो पिसाब आउँछ ? यस्ता हुन् सक्छन कारण !!

अहिले जाडोको मौसममा गर्मी मौसममा भन्दा अलि छिटो पिसाब आउँछ तर धेरै नै छिटो छिटो पिसाब आउनु भनेको रोगको संकेत पनि हुन सक्छ । कतिपय मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भिर रोगको संकेत हुनसक्छ । सही समयमा यसलाई चिनेर उपचार गरेमा अनेकौं रोगबाट बच्न सकिन्छ । युरोलोजिस्ट डा विवेक झाले बारम्बार पिसाब आउने पाँच संकेतका बारेमा चर्चा गरेका छन् ।

पत्थरी:  पत्थरीका कारण मूत्रथैलीमा दबाब पर्छ जसले गर्दा घरिघरि पिसाब लाग्छ । अनि पीडा पनि हुनसक्छ ।

मधुमेह:  मधुमेह हुँदा शरीरमा अतिरिक्त ग्लुकोज बन्छ । यो ग्लुकोज पिसाबमार्फत निस्कन्छ र घरिघरि पिसाब लाग्छ ।

युरीनरी ट्य्राक्ट इन्फेक्सन:  युरीनरी ट्य्राक्ट इन्फेक्सन हुँदा मूत्रथैलीमा इरिटेसन हुन थाल्छ । अनि घरिघरि पिसाब लाग्ने समस्या हुन्छ ।

प्रोस्टेट ग्ल्यान्ड बढ्नेस:  प्रोस्टेट ग्ल्यान्ड बढ्दा पनि पिसाब लाग्ने गर्छ ।

क्यान्सर:  प्रोस्टेट वा युरीनरी ट्य्राक्टको क्यान्सर हुँदा पनि घरिघरि पिसाब लाग्ने समस्या आउँछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्