गरिखानेको कथा : बिराटनगरका अरुणको चिया ब्यापारले मासिक २ लाख !

गरिखानेको कथा : बिराटनगरका अरुणको चिया ब्यापारले मासिक २ लाख !

बिराटनगर पौष २ ,

नेपालमा केहि गर्न सकिदैन , विदेश नै जानुपर्छ भन्ने सोच राख्ने युवाहरुको लागि बिराटनगर -९ बस्ने अरूण साहनी एउटा उदारणीय व्यक्तिव बन्न सक्छन ।

अरुण करिब १८ बर्ष देखि बिराटनगरमा चिया बेच्दै आफ्नो जीवन चलाउँदै आएका छन् । ३३ बषिर्य अरूणको चिया पसल गुद्रीमा छ। "बाबाको मॄत्युपछि परिवारको सम्पूर्ण भार मेरो काँधमा आइपुग्यो । त्यसपछि पढाइ बिचमा नै छाडेर म ब्यवसाय तिर लागे " अरूण बताउँछन् । अरूणको घरमा कुल ५ जना सदस्य छन् र घरमा कमाउने उनी मात्र हुन् ।"२ रुपैयाँ प्रति कप देखि सुरु गरेको चिया पसल आज १५ रूपैयाँ प्रति कप बेच्ने गर्छु " अरूण आफ्ना पुराना दिनहरु सम्झिँदै भन्छन ।

करिब ५००-६०० कप चिया प्रति दिन बेच्ने अरूण दिनको ८-९ हजार सम्मको ब्यवसाय गर्छन् । अरूणलाई धेरै मान्छेहरूले बिदेश गएर कमाउन समेत सल्लाह दिएपनि उनी गएनन् । उनी भन्छन् "जे गर्छु आफ्नै देशमा बसेर गर्छु"। अरूण लाखौं नेपाली युवाका लागि प्रेरणा बन्न सक्छन । आउने दिनहरुमा किराना पसल खोल्ने इच्छा छ अरूणको ।

प्रशिक्षार्थी पत्रकार : प्रेम पारख 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्