सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा सञ्चालनमा

सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । एनआईसी एसिया बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–५ पञ्चरुखीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले सोमबार नयाँ शाखा उद्घाटन गरे ।

एनआईसी एसियाका अनुसार हाल २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग इकाई पुगेका छन् । बैंकको वासलातको आकार २ खर्ब ११ अर्बभन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १ खर्ब ६९ अर्ब तथा कर्जा लगानी १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । 

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआईसी एसियाले ग्राहक संख्या करिब १४ लाख पुगेको जनाएको छ । निकट भविष्यमा विभिन्न स्थानमा नयाँ शाखा खोल्दै जाने योजना बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्