एनआईसी एसिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एसिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं पुष १३ ।

एनआईसी एशिया बैंकले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ७० वटै शाखाबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्