के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको आत्मकथा विमोचन

के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको आत्मकथा विमोचन

काठमाडाैँ पुष १५ । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सवकाे अवसरमा उनको सचित्र आत्मकथा समेटिएको “The Renaissance Man” नामक पुस्तक विमोचन गरिएको छ ।

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त उक्त पुस्तक विमोचन गरका हुन् । पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितिमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ ।

वि.स. २००० सालमा जन्मेका दुगड १३ वर्षको उमेरदेखि नै पढाइका साथसाथै उद्योग-व्यवसायमा समेत लागेका थिए । कृषि प्रधान देश नेपालमा कृषिसम्बन्धी उद्योगहरु खोली विस्तार गर्यो भने देश विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्रसंग सम्बन्धित खाद्यान्न उद्योगहरु स्थापना गर्दै अाए ।

हाल दुगड समूहका उद्याेगहरुले आँटा, तेल, चामल, मैदा तथा दाल लगायत खाद्यान्नका साथै अन्य उद्योगहरु पनि सञ्चालन गर्दै अाएको छ । के.एल. दुगड समूह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । यस समूहले  पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा समेत लगानी बढाएकाे छ ।

नेपालमै हजारौंलार्इ रोजगारी प्रदान गर्दै आएको दुगड समूह सफल बन्नुमा किसनलालकाे याेगदान महत्वपूर्ण रहेकाेबारे किताबमा चर्चा गरिएकाे छ । उनको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने बानीको कारण नै याे सफलता सम्भव भएको हो भन्ने किताब पढेपछि थाहा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्