गरिखानेको कुरा : बिराटनगरका उदेश्वर , आफ्नै मेहनतले परिवार चलाउदै

गरिखानेको कुरा : बिराटनगरका उदेश्वर , आफ्नै मेहनतले परिवार चलाउदै

बिराटनगर पुष १६ ,

नाम उदेश्वर मण्डल । उमेर ५० बर्ष । अरुको पसलमा काम गर्दा गर्दै बिराटनगरका उदेश्वरले एक दिन आफ्नै पसल खोल्ने निधो गरे । उनले बिराटनगरको घोगापुल चोकमा आफ्नै चिया पसल संचालनमा ल्याए ।

करिब ३५ बर्ष देखी बिराटनगरमा चिया नास्ताको पसल गर्दै आएका मण्डलले त्यहि पसलबाट आफ्नो परिवार चलाएका छन् । उनि भन्छन "मैले आफ्नै मेहनतले आज यहि पसलबाट परिवार पालेको छु , मेहनत गरे सफल भइने रहेछ" । उनको पसलमा चिया नास्ता खान हरेक दिन भिड लाग्ने गर्दछ ।

"पहिला यो टोलमा मेरो मात्र पसल थियो तर आज धेरै भएका छन् । त्यही पनि मेरो ब्यवसायमा फरक परेको छैन ,दिनको ३-४ हजारको चिया नास्ता बेच्छु ।" उनि गौरवको साथ सुनाउछन् ।

आफ्ना ५ वटा छोरा छोरीलाई अंग्रजी स्कुलमा पढाउँदै आएका मण्डल आउने दिनहरुमा उनिहरूलाई मेनेजरको कुर्सीमा बसेको हेर्न चाहान्छन् । आफ्ना छोराछोरीलाई पढाइ योग्य बनाउने उनको धोको छ । दिनमा १५ लिटर दुधको चिया बनाउने मण्डलको दोकान सानो भएता पनि अहिले पनि टाढादेखि मान्छेहरू चिया खाना आउछन् ।

प्रस्तुति : प्रेम पारख/बिबेक दाहाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्